सालीसँगको सम्बन्धका कारण श्रीमानले श्रीमती मारे, हाडखोर भेटियो जंगलमा (विवरणसहित )

कन्ट्र्याक किलर लगाएको खुलाशा !

appharu
0
Shares

गत असार १ गते कास्कीमा एउटा खबर सुनिन्छ ।

विवाहिता महिला हराउँछिन् ।

२७ वर्षीय लक्ष्मी परियार नेपाली हराउँछिन् ।

परिवारमा कोलोहाल हुन्छ ।

उनी कास्कीस्थित कालिकाचोकबाट हराउँछिन्।

हराइरहेकी महिलाको खोजीमा सबैजना जुट्छन् ।

असार २ गते लक्ष्मीका श्रीमान् रमेशले खोजतलास गर्न प्रहरीमा उजुरी दिन्छन् । खबर पाएसँग प्रहरी उनको घरमा पुग्छ ।

प्रहरीले परिवार घरपरिवारसँग सोधपुछसँगै विभिन्न कोणबाट अनुसन्धान सुरु गर्छ । लक्ष्मीले लगाएको सिक्री र उनको मोबाईल पनि प्रहरीले फेला पर्छ तर रमेशले रुदै मिडियामा समेत अन्तर्वार्ता दिएका हुन्छन् । आमाले पनि असार ११ गते छोरीको खोजी गर्न प्रहरीमा उजुरी दिएकी थिइन्।


तर प्रहरीको अनुसन्धानले परिवार तिन छक पर्छन् ।

परिवारका सदस्य मात्रै होईन खबर सुन्नेहरुले अचम्मीत हुन्छन् । हो, अपत्यारीलो जस्तो लाग्ने यो घटनामा ति बेपत्ता भएकी महिलाको आफ्नै श्रीमानको हात हुन्छ ।

उनले आफ्नै श्रीमतीको हत्या गराउनको लागि कन्ट्र्याक किलर लगाएको खुलेको छ । प्रेममा रहेका उनले दोस्रो विवाह गर्नको लागि श्रीमतीको हत्या गर्नसम्म तयार हुन्छन् । सालीसँगको सम्बन्धले उनी यो ठाउँमा पुगेको सम्म अनुसन्धानले देखाएको छ ।

हराएको २५ दिनपछि लक्ष्मीको मृत शरीर पोखरा महानगरपालिका वडा नम्बर २२ कर्कले जङ्गलमा फेला परेको थियो। एक अन्तर्वार्ताका क्रममा मृतककी बहिनीले भिनाजु अर्कै यूवतीसम्म प्रेममा परेपछि यो घटना गर्न सकेको बताएकी छिन् । साथै सिसिक्यामेराले पनि यो कुरा प्रष्ट्याएको छ ।

हत्यामा आफ्नो श्रीमानको संलग्नता खुलेपछि परिवार स्थानीय अचम्मित छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले हत्याको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ कान्तिपुर चोकका ३५ वर्षीय रमेश नेपाली सहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनामा श्रीमानकै शङ्कास्पद भूमिका देख्छ । र उनलाई असार २५ गते नियन्त्रणमा लिन्छ ।
अनुसन्धानका क्रममा श्रीमानले हत्या स्विकार गर्छ । उनले नै देखाएको स्थानमा कङ्काल भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाउँछ, मृतकका श्रीमान् रमेश साली नाता पर्ने अनु परियारसँग प्रेम सम्बन्धमा थिए भन्ने कुरा । गुपचुपमा रहेको सम्बन्ध एकाएक श्रीमती लक्ष्मीको कानमा पुग्यो। अनुले सम्बन्ध बाहिर ल्याएको र बदनाम भएकोले दिदी (लक्ष्मी)लाई ‘साइड’ लगाउनु पर्ने भन्छिन्।

प्रहरी अधिकारीका अनुसार अनुको कुरा सुनेका रमेशले उनैको कुरामा सहि थाप्दै लक्ष्मीको हत्या गर्ने योजना बनाउन सुरु गरेका थिए ।

तर श्रीमतीको हत्या दुईजनाले मात्र गर्न सम्भव नदेखेपछि रमेशले मोबाइल पसल सञ्चालन गर्दै आएका सञ्जय शर्मालाई घटनाको योजना सुनाउँछन्। पोखरा ९ पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गरेर बसेका साहले भारतबाट मानिस झिकाउने जिम्मेवारी लिन्छन्।

क्रमश सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर ३ तीनघरिया घर भएका चितनरन्जन साह पनि जोडिन पुग्छन्। योजना अनुसार जेठ ३० गते तीनजना भारतीयहरू पोखरा आइपुग्छन्। पोखरा ९ पृथ्वीचोकमा रहेको कोसी होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको हुन्छ।

तर होटेलको रजिष्ट्रेशनमा भने उनीहरूको इन्ट्री देखाइँदैन। भारतदेखि पोखरासम्म आउने र बस्ने व्यवस्था सञ्जय र चितरन्जन मिलाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

पूर्व निर्धारित योजना अनुसार जेठ ३१ गते रमेश नेपालीले सञ्जयलाई १ लाख रुपैयाँ दिन्छन्। हत्या गर्ने स्थान खोज्नको लागि पोखरा २२ स्थित कर्कले जङ्गलमा रमेश, सञ्जय, चितरन्जन र तीन जना भारतीय पुगेर फर्किएको अनुसन्धानमा खुलेको छ।

असार १ गते बिहान रमेश नेपाली र सञ्जय शर्मा हल्लनचोकमा रहेको पोखरा बाइक रेन्ट प्रालिमा गई स्कुटर भाडामा लिन्छन्। ग ११ प ८००३ स्कुटर भाडामा लिएर उनीहरु फेरि पोखरा ९ नयाँबजारमा रहेको दीपक कार डेकोरमा कार भाडामा लिन पुग्छन्। त्यहाँबाट ग १ च २३६३ नम्बरको कार भाडामा लिई कोसी होटेल पुग्छन्।

होटलबाट ३ जना भारतीय र चितरन्जन शाह समेतलाई गाडीमा हाली कर्कले भन्ने जङ्गलतर्फ लाग्छन्। रमेश नेपाली स्कुटर लिएर मोबाइल पसलमा गई श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडीबुटी खोज्न जङ्गलतर्फ जाऊँ भन्दै फकाएर जंगल लिएर जान्छन्।

उनीहरुले पोखरा २२ स्थित कर्कले जङ्गलमा पुगेर केही समय जडीबुटी खोजेको जस्तो नाटक गर्छन् । योजना अनुसार जङ्गलमा पुगेका भारतीय नागरिकले मुख र आँखामा सल बाँधी चक्कुले घाटी रेटेर हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरी अधिकारीले बताएका छन्।

हत्यापछि लासलाई जङ्गलमै छोडी रमेश बाटोमा गएर सञ्जय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिनपछि दिने सहमति भएको खुलेको छ।

श्रीमती केहि पैसा लिएर घर छोडेको भन्दै केहि दिन अगाडी उनी स्थानीय मिडियासामू पुगेर रोईकराई गरेर श्रीमती खोजीदिन नाटक समेत गरेका थिए ।

घटनापछि गाउँ त्राहिमाम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?