सामाजिक सुरक्षा याेजनामा आवद्ध हुने म्याद थपियो, कहिलेसम्म ?

काठमाडौं । सरकारले सामाजिक सुरक्षा याेजनामा आवद्ध हुने म्याद असोज मसान्तसम्म थप गरेकाे छ ।

योजनामा सहभागी हुने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।

रकम जम्मा गरे पश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाहरुअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा निजी क्षेत्रका श्रमिकहरु आवद्ध हुनुपर्नेछ । हालसम्म ३७ सय प्रतिष्ठानका करिव २० हजार श्रमिक यसमा आवद्ध भएका छन् ।

कोषले सबै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचीकृत हुने म्याद असोज मसान्तसम्म दिएको छ ।

सञ्चय कोषमा निजी क्षेत्रका करिव डेड लाख सञ्चयकर्ताको करिव ३५ अर्ब रुपैया छ भने नागरिक लगानी कोषमा आबद्ध करीव ४८ सय संस्था र साढे ६ लाख सेवाग्राही छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?