विश्वकप छनोटको दोस्रो चरणमा नेपाल

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । कतारमा हुन लागेको सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘बी’ मा परेको छ ।

तस्वीर: गुगल

नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट आगामी ५ सेप्टेम्बरबाट ९ जुनसम्म हुनेछ ।

४० टोलीले होम एण्ड अवेको आधारमा दोस्रो चरणको छनोट प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ  । दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्  । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् । अन्य टोलीले छनोट खेल्नेछन् ।

फिफाले निकालेको अप्रिलको फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।

तस्वीर: गुगल

फिफाले गत अप्रिल ४ मा निकालेको वरीयतामा नेपाल १६१ औं स्थानमा रहेको थियो । उक्त वरीयता अनुसार नेपाल एएफसी वरीयताको ३४ औं स्थान रहन सफल भएको थियो ।

सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो । नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?