प्लास्टिकभित्र प्याक भएर खोला तर्छन् विद्यार्थी !

काठमाडौं । उत्तरी भियतनामको हुओई हा गाउँमा खोलामा पुल नबन्दा स्कुले विद्यार्थीहरु ज्यान जोखिममा राखेर नदी पार गर्ने गरेका छन् ।

वर्षाको मौसममा उनीहरु सुख्खा कपडामा स्कुल पुग्न प्लास्टिकभित्र पसेर नदी पार गर्ने गर्दछन् । स्कुले विद्यार्थीहरुलाई प्लास्टिकभित्र बन्द गरिन्छ र नदी पार गराइन्छ ।

तस्बिर: गुगलबाट

एक स्थानीयका अनुसार स्कुले विद्यार्थीहरुको लुगा नभिजोस् भनेर यस्तो उपाय अपनाइएको हो ।

तर प्लास्टिकको सहायताले नदी पार गर्ने काम निकै जोखिमयुक्त छ । प्लास्टिकमा बन्द गरिँदा स्कुले विद्यार्थीलाई बगाउने र बेहोस हुने डर हुन्छ । नदी पार गर्दैगर्दा पानीको बहाव बढ्दा झन् जोखिम बढ्ने गर्दछ ।
हुओई हा गाउँका स्थानीयहरुले स्थायी पुल बनाइदिन सरकारसँग माग गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?