आजबाट आयकर: कति कमाउनेले कति तिर्ने ? विवाहित र अविवाहितको बेग्लाबेग्लै ‘रेट’

काठमाडौं । सरकारले आजबाट लागू हुने गरि नयाँ आयकरको दर निर्धारण गरेको छ ।

सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करको दायरा बढाएको छ । राज्यको नारिकबाट सरकारले विभिन्न तवरबाट कर संकलन गर्दै आएको छ ।

सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६/०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको हो ।

यसरी बुझाउने आम्दानी करको दायरा पनि आजबाट नयाँ हुने छ । ‘आर्थिक विधेयक २०७६’ मा गरिएको व्यवस्था अनुसार सरकारलाई तिर्नुपर्ने आयकरको अवस्था यस्तो छ:

सरकारले विवाहित र अविवाहितका लागि बेग्लाबेग्लै करको दायरा तय गरेको छ । जस अन्तर्गत अविवाहितहरुले वार्षिक ४ लाख रुपैयाँसम्मको कमाईमा १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ तिर्नुपर्छ । ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ ।

७ लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ ।

२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

विवाहितहरुका लागि करको दायर थोरै फराकिलो बनाइएको छ । ४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।
४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ पर्छ । ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

२० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?