शान्ति सेनामा गएका एक सैनिकको निधन

appharu
0
Shares
file photo

एजेन्सी । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए । गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए ।

अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ ।

आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?