प्रेमीको ‘बर्थ डे’ मनाउन गएकी जेनीले किन गरीन् आत्महत्या ?

appharu
0
Shares


प्रेमीलाई ह्याप्पी बर्थ डे भन्न गएकी जेनीले आत्महत्या गरेकी छिन् । आफ्नो प्रेमीको जन्मदिन मनाउन प्रेमीकै घर पुगेकी उनले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
जेनी तामाङ त्रिपुरेश्वरस्थित सुकुम्बासी टोलकी हुन् । गत असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी उनले आत्महत्या गरेकी हुन् । प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेपछि प्रहरीले अनुसन्धानको सुई विभिन्न कोणबाट घुमाएको थियो । प्रहरीले जेनीका प्रेमी भीमबहादुर मगरसँगै केटी साथी प्रमिन नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य पारेको आरोपमा भीमबहादुर र प्रमिनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रेमीसँग अर्कै केटीदेखेपछि यसरी भयो घटना
त्रिपुरेश्वरस्थित सुकुम्बासी टोलकी जेनी बालाजुका भीमबहादुर मगरसँग प्रेममा थिइन् । असार ३० गते भीमबहादुरको जन्मदिन थियो । प्रेमीको जन्मदिन भएकाले उनी भीमबहादुरको घर गएकी थिईन् । तर, भीमबहादुरसँगै अर्की केटी साथी प्रमिनलाई भेटेपछि उनीहरुको झगडा सुरु भएको थियो । जेनीले प्रमिनलाई समेत भीमले तँलाईँ पनि धोका दिन्छ भनेकी रहिछिन् । तर प्रमिनसँग उनको समान्य भनाभन भएको रहेछ । झगडापछि प्रमिनको सल मागेर जेनी शौचालय जान्छीन् । शौचालय गएको लामो समय उनी बाहिर निस्कन्नन् । त्यसपछि उनीहरु दुई भिम र प्रमिन हेर्न जान्छन् । जेनीले त्यहि प्रमिनले दिएको सलको पासोमा टईलेटमा नै झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिन्छिन् ।

उनीहरु आत्तिन्छन् । हत्तपत्त भीमबहादुर र प्रमिनले अस्पताल लैजान्छन् । जेनीले प्राण त्यागिसकेकी हुन्छिन् । त्यसपछि प्रहरीकहाँ खबर पुग्छ । प्रहरीले घटनास्थल पुग्छ । प्रहरीले भीम र प्रमिन दुबैलाई नियन्त्रणमा लिएको छ ।_प्रतिकात्मक तस्वीर गूगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?