तपाई पेज एडमिन हो ? सावधान विचार पुर्याउनैपर्छ यी कुरा

appharu
0
Shares
तस्वीर: गुगल

हिजो आज सामाजिक सञ्जालमा ग्रुप,पेज बनाउने र समानहरु सस्तो मुल्यमा बेच्ने र किन्नेको ताती छ । हामीले हाम्रै फेसबुकका वालमा पनि विभिन्न सामानहरुको बिज्ञापन देख्न सक्छौ ।

तर, हिजो आज यो समस्या निक्कै बिकराल बन्दै गएको छ, ग्रुप तथा पेजको नाममा एडमिनहरुले ठगी गरेको मान्छेहरुले गुनासो गर्न थालेका छन् ।

आफुले ल्याउने सामान विदेशबाट आयात हुने र ओरजीनल भन्दै दावी गर्नै र ठगी गर्नै पेजका एडमिनहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सस्तो र राम्रो समान सुपथ मूल्यमा मिलाईदिन्छु भन्दै फेसबुकमा ठगी गर्ने ३ जनालाई प्रहरीले खुशिवु काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं -१६ खुशिवु नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरी महानगरपालिका सोनमा गाउँपालिका-७ घर भएका २० वर्षीय एमडी सगिर शेख र काठमाडौं महानगरपालिका-१६ खुशिवु नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय यमदादुल मोमिन छन् ।

उनीहरूलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ खुशिवुबाट मंगलबार पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए ।

ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक सञ्जालमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरिरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थापाले बताए ।

उनका अनुसार एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । थप अनुसन्धान जारी रहेको कुरा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?