प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको घाउमा मलम लगाउन जुट्यो नेविसंघ

काठमाडौं । नेविसंघले बाढी, पहिरो तथा डुबान पीडितका लागि राहत संकलन गरेको छ ।

बुधबार काठमाडौंका नेपालटार, बाइपास, माछापोखरी लगायतका विभिन्न ठाउँमा सहयोग संकलन गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले जानकारी दिए ।

भट्टका अनुसार बुधबार ४९ हजार ५ सय ७१ हजार नगद र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको छ ।

संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका निरन्जन थापाले जानकारी दिए।

नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?