मैत्रीपूर्ण खेलमा आर्सनल विजयी

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मैत्रीपूर्ण खेलमा अमेरिकी क्लब कोलोराडो रापिड्सलाई ३-० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको छ ।

मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा आर्सनलले अमेरिकी क्लब कोलोराडो रापिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा बोकायो साका, जेम्स ओल्यिन्का र ग्राबियल मार्टिनीलीले समान एक एक गोल गरे ।

नयाँ सिजन सुरु अघिको तयारीका लागि आर्सनल अमेरिका भ्रमणमा रहेको छ । आर्सनलले अमेरिका भ्रमण दौरान इन्टरनेशनल च्याम्पियन्स कप खेल्नेछ ।

इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलसँगै रियल मड्रिड, वायर्न म्युनिख र फियोरेन्टिना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?