सार्वजनिक सवारी यातायातको भाडा घट्यो

काठमाडौं । रसुवामा सञ्चालन हुने सार्वजनिक सवारी यातायातको भाडा आजदेखि घटेको छ ।

काठमाडौं देखि कालिकास्थान सञ्चालन हुने सार्वजनिक सवारी यातायातमा १५ प्रतिशत घटेको छ । त्यसगरी काठमाडौंबाट रसुवाको अन्य क्षेत्र सञ्चालन हुने सवारीमा ५ प्रतिशत भाडा घटेको हो ।

रसुवा जिल्लामा सञ्चालनमा रहेका पासाङल्हामु, केरुङ र टिमुरे यातायातको भाडादर भने फरक-फरक छ । लोकल, सुपर र एसी डिलक्सको भाडा दर फरक रहेका कारण प्रतिशतमा भाडा घटाइएको हो ।

गएको असार २९ गतदेखि विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघका विद्यार्थी र पासाङ ल्हामु यातायात, केरुङ यातायात र टिमुरे यातायात व्यवसायीबीच छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?