एम्बाप्पेको दुई गोलमा पीएसजीको जित, डायनामो ड्रेसडेन स्तब्ध

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । प्रि-सिजनको पहिलो खेलमा पीएसजीले जर्मन क्लब डायनामो ड्रेसडेनलाई ६-१ को फराकिलो गोल अन्तरले हराएको हो ।

केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले फराकिलो जित निकालेको छ ।

तस्वीर: गुगल

दोस्रो डिभिजनको जर्मन क्लबविरुद्व फराकिलो जित निकाल्दै पीएसजीले प्रि-सिजनको सुखद सुरुवात गरेको हो । खेलको छैटौ मिनेटमा केलियन एम्बाप्पेले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । जुलियन ड्रेक्सलरले १८ औ मिनेटमा क्लबको अग्रतालाई दोब्बर बनाए ।

३४ औ मिनेटमा केलियन एम्बाप्पेले डायनामोको डिफेन्स लाईनलाई विट गर्दै व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा ३ गोलले अगाडी बढेको पीएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

तस्वीर: गुगल

४८ औ मिनेटमा आर्थर जाग्रेले पीएसजीका लागि चौथो गोल गरे । ६१ औ मिनेटमा वीरगिलु पोस्टोलाचीले क्लबकालागि पाचौ गोल गरे । त्यसको १० मिनेट पछाडी आदिल अछुतेले पीएसजीलाई ६-० को स्थितीमा पुर्याएका थिए ।

७६ औ मिनेटमा मौसा कोनले पेनाल्टीमा एक गोल गर्दै डायनामो ड्रेसडेनको हार अन्तर घटाउने काम गरेका थिए । भर्खरै पेरिस पुगेका ब्राजिली स्टार नेयमार भने टिममा सहभागी छैनन् । उनले क्लब छाड्ने बिषयमा पीएसजीका पदाधिकारीसंग छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?