राष्ट्रिय अवार्डले जिम्मेवारी थपिएको छ : विपिन कार्की

appharu
13
Shares

काठमाण्डौं । रंगमञ्चको दुनियाँमा लामो संघर्ष गरेर ठूलो पर्दा आएका विपिनले आफ्नो फरक पहिचान बनाएका छन् । उन्को कलाकारीताको साधना दशक नाघिसकेको छ ।

दुब्लो पातलो शरीर, खौरिएको तालुमा कालो चस्मा अनि दिनभर पशुपतिको आर्यघाटमा क्यान्डिक्रस खेल्न व्यस्त, स्वर भासिएको मान्छे । यो भूमिकामा चलचित्र पशुपति प्रसादका भस्मे डन उर्फ विपिन कार्कीलाई याद नराख्ने कमै होलान ।

सन् २०१६ मा रिलिज भएको चलचित्र पशुपति प्रसाद नै विपिनको करिअरको टर्निङ प्वाईन्ट बन्यो । हुन त यो भन्दा पहिले पनि उनी ठूलो पर्दामा नदेखिएका होइनन् । तर पशुपति प्रसाद उन्को करिअरको कोसेढुङ्गा सावित बन्यो ।

भर्खरै काठमाण्डौमा सम्मपन्न राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम कलाकार कार्कीले २ वटा अवार्ड प्राप्त गरे ।

राष्ट्रपति कार्यालय शितल निवासमा सम्मपन्न अवार्ड कार्यक्रममा कलाकार कार्कीले २०७३ र २०७५ सालको उत्कृष्ट अभिनेताको रुपमा अवार्ड प्राप्त गरेका हुन । अवार्ड भन्ने वित्तिकै विवाद पनि संगै जोडिएर आउँने पर्यायवाची शब्द जस्तै भएको छ ।

अवार्ड कार्यक्रमको व्यबस्थापन लगायतका विषयमा अहिले सर्वत्र आलोचना भईरहेको छ । उनै कलाकार कार्कीसंग लोकपथकर्मी शिवराज परियारले अवार्ड प्राप्त गरेपछि अवार्ड कै पेरिफेरीमा रहेर संवाद गर्नुभएको छ ।

दुईवटा अवार्ड एकै पटक प्राप्त गर्दा कस्तो भएको थियो ?
स्वभाविक रुपमा कुनै पनि पुरस्कार पाउँदा खुसी नै लाग्छ । त्यसमाथी पनि अझ बढि गरिमा बोकेको जस्तो लाग्छ मलाई । किनकी राष्ट्रिय स्तरबाट त्यो पनि राष्ट्र अध्यक्षबाट पुरस्कार प्राप्त गर्नु अझ बढि ठुलो कुरा हो अथवा अझ बढि गरिमा बाकेको जस्तो लाग्छ ।

अवार्ड पछि जिम्मेवारी तथा चुनौतिहरु चाँहि कत्तिको थपिन्छन् भन्ने लाग्छ ?
पक्कै पनि कुनैपनि अवार्डले अवार्डमा मात्रै सिमित नभएर जिम्मेवारी नै थपिदिन्छ । मैले चाँिह अवार्डलाई एउटा अवार्डको रुपमा मात्रै नहेरेर ऊर्जाको रुपमा लिँने गरेको छु । यसले अझै बढि राम्रो काम गर्ने प्रतिबद्धता स्वत थपिदिन्छ ।

अवार्डहरुले भविष्यमा काम गर्ने हौसला मिल्छ कि मिल्दैन ?
पक्कै पनि मिल्छ । आफूले राम्रो प्रयास गर्दा कतैकतैबाट धाप मार्ने एव स्यावासी दिने मान्छे हुने रैछन् भन्ने लाग्दो रहेछ । यसले गर्दा ओहो मैले गरिराखेको काम राम्रो भएछ, झनै राम्रो गर्नुपर्छ भन्ने लाग्दो रहेछ ।
अर्वाड भन्ने वित्तिकै विवाद संगै आउँने जस्तो भईसकेको छ, तपाईलाई चाहीँ कस्तो लाग्छ ?
अवार्डहरुको आयोजनामा म अहिलेसम्म संलग्न भएको छैन । र मैले प्राप्त गरेका अवार्डहरु अहिलेसम्म विवादमा परेका छैनन् त्यसैले पनि अवार्ड निश्पक्ष नै हुन्छ जस्तो लाग्छ मलाई त ।

अवार्डहरु विवादमा परेका बेला कलाकारमा कस्तो प्रकारको असर पर्छ ?
मेरो हकमा चाहि मैले त्यस्तो अहिलेसम्म भोग्न परेको छैन् । तर त्यस्तो हुँदा अवार्डको गरिमालाई घटाउँछ जस्तो लाग्छ । वास्तविकता भन्दा माथि उठेर प्रदान गरिने अवार्डहरुले कला, संस्कृति, क्षमता माथि नै प्रहार गर्छ र निरुत्साहित बनाउँछ । यस्तै त हो रैछ नि भन्ने लाग्छ ।

नेपालमा त्यस्ता खालका अवार्डहरुपनि हुने गरेको छन्, सुन्नमा आउँछ, हुदै नहुँने भन्ने पनि होईन ।
पहिलेनै सेटिङ गरेर अवार्ड वितरण गर्ने गरेको सुनेको छु मैले पनि, त्यस्तो अवार्डहरु दोहोरो सम्झौतामा चल्ने गरेको लाग्छ मलाई । तर मैले प्राप्त गरेका अवार्डहरु अहिलेसम्म त्यस्तो विवादमा परेका छैनन् र त्यस्तो दिन नआवस पनि…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?