पोखरीमा डुवेर २ जनाको मृत्यु

appharu
0
Shares

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

मंगलबार आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षका निमा शेर्पा र २० वर्षका गेल्बु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरी राखेको पोखरीमा साँझ डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?