दयाहाङको ‘आप्पा’ को कमाई

appharu
0
Shares

काठमाडौं । दयाहाङ राईद्वारा अभिनित चलचित्र ‘आप्पा’ ले दर्शकको औसत प्रतिक्रिया पाइरहेको छ ।

असार १३ गतेबाट प्रदर्शनमा आएको ‘आप्पा’ नेपालसहित भारतका केही सिनेमा घरमा पनि प्रदर्शन भएको थियो ।

तेस्रो हप्तासम्म आइपुग्दा १ करोड ३० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको वितरण कम्पनी स्टेशन फाइभले जानकारी दिएको छ ।

निर्देशनको दाबीलाई आधार मान्ने हो भने चलचित्रले भारतका २५ वटा सिनेमा हलबाट नेपाली ३ करोड ९७ हजार नेपाली रुपैयाँ कलेक्सन गरेको छ ।

बाबुछोराको सम्बन्धलाई देखाइएको चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ । अनमोल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको ‘आप्पा’ मा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको भूमिका रहेको छ ।

शैलेन्द्र डी. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्र फिल्म अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?