बेनिषा भन्छिन् गल्तीबाट पाठ सिक्नु पर्छ

appharu
0
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भएको राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रम यतिबेला चर्चा बढेको छ ।

आफ्नो प्रस्तुतिका लागि पुगेका कलाकारहरुले बस्न समेत नपाएको भन्दै गुनासो गरेका छन् । त्यसपछि सामाजिक सञ्जालमा चलचित्र विकास बोर्डले गरेको कार्यक्रमको विभिन्न आलोचना भईरहेको छ ।

‘एका देशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस् तपाईं हाम्रो आमा हो ।

हामी तपाईंको लागि ज्यान दिन्छौं, भनेर मैले अव्यवस्थित राष्ट्रिय पुरस्कार कार्यक्रमलाई लिएर फेसबुकमा स्टाटस् लेखेकी हुँ,’ अभिनेत्री करिश्मा मानन्धरले भनिन्, ‘कलाकार भनेको देशका गहना हुन् ।

शितल निवासमा भएको हलमा व्यवस्थित तरिकाले सम्पूर्ण कलाकारलाई समेटेर अन्तरक्रिया गर्नुपर्ने हो । जनताको कलाकारले जनताको सामु प्रस्तुति देखाउन पाउनुपर्छ ।’

अभिनेत्री बेनिषा हमालले सामाजिक सञ्जालमार्फत् आफूले अग्रज कलाकारहरूले पुरस्कार वितरण कार्यक्रम अवधिभर भोग्नु परेको नमीठो अनुभव सुन्दा दुःख लागेको बताइन । उनले भनिन्, ‘कार्यक्रम आयोजकको व्यवस्थापनमा कमजोरी भएको हो ।

कार्यक्रममा प्रस्तुतिका लागि अग्रज कलाकारहरू प्रतिक्षा गर्दा बस्नलाई कुर्सी समेत नपाएको सुन्दा निराश पारेको थियो । यो गल्तीबाट आयोजकले पाठ सिक्नु जरुरी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?