गुमनाम ऋचाको ‘सुपर गोर्खे’ साउन १० बाट प्रदर्शनमा आउने

appharu
0
Shares

काठमाण्डौं । नायिका ऋचा सिंह ठकुरीद्वारा अभिनित चलचित्र ‘सुपर गोर्खे’ साउन १० बाट प्रदर्शनमा आउने भएको छ ।

‘नाई नभन्नु ल’बाट डेब्यु गरेकी ऋचा केहि समय गुमनाम थिईन । लामो समयपछि चलचित्र ‘सुपर गोर्खे’ मा उन्को अभिनय देख्न सकिने भएको छ ।

राज थापाको निर्देशनमा तयार भएको चलचित्रमा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको चलचित्रलाई सौरभ लामाले छायांकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?