जब चराले एक दम्पतिलाई घरमै थुनिदियो, दम्पतिको बिजोग !

appharu
0
Shares


समाचार इंग्ल्यान्डको लंकासियर शहरको हो ।

चराले दुईजना मानिसलाई ज्येष्ठ नागरिक दम्पतीलाई सिगल भनिने चराले नियन्त्रणमा लिए बराबर पारेको छ ।

७७ वर्षीय रोय पिकार्ड र उनकी पत्नी ७१ वर्षीया ब्रेन्डाले एक जोडी सिगलले दिनुसम्म दुःख दिएको छ। यतिसम्मकी आफ्नै घरबाट उनीहरु बाहिरसमेत निस्कन पाएका छैनन् ।

उनीहरू एक हप्तादेखि घरभित्रै छन्। घरबाट बाहिर निस्कन खोज्यो कि चराले आक्रमण गरिहाल्छ। अंग्रेजी पत्रिका द टृलिग्राफासँग उनीहरुले गुनासो गरेका छन् ।

भएको के रहेछ भने त्यो चराले केहि महिनाअघि उनीहरुको घरको छतमा गुँड बनायो । सिगलको गुँडबाट ति चराहरु नियालिरहन्छन् र बाहिर निस्कयो कि ठुँग्छन् । मूलढोका खोल्नेबित्तिकै सिगलको जोडी ठुँग्न आईहाल्ने भएकोले आफूहरु त्रसित भएको उनीहरुले बताएका छन् ।

उनीहरुले निकै सकसपूर्ण स्थानबाट आउजाउ गरिरहेका छन् ।


स्थानीय सरकार वाइर काउन्सिलका प्रवक्ताले पिकार्ड दम्पतीप्रति सहानुभूति प्रकट गरेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?