शेयर बजार: नेप्से परिसूचक उकालो

appharu
0
Shares

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४ दशमलव ४५ विन्दुले बढेर एक हजार २ सय ५९ दशमलव ०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ९७ विन्दुले बढेर २ सय ७१ दशमलव २५ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागेपनि कारोवार रकममा भने उल्लेख्य वृद्धि भएन । कूल १ सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६ सय ३० कित्ता शेयर ३४ करोड ७२ लाख ८९ हजार २ सय ७५ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह नै वृद्धि भएको छ । बैंकिङ ४ दशमलव १३, होटल ५६ दशमलव ०८, विकास बैंक ५ दशमलव ९९, जलविद्युत् १ दशमलव १६, वित्त ५ दशमलव १४, निर्जीवन बीमा १० दशमलव ४६, उत्पादन ७ दशमलव ०९, अन्य २ दशमलव

२३, लघुवित्त ५ दशमलव ५, जीवन बीमा १ दशमलव ७३ र सामूहिक लगानी कोष ० दशमलव ४८ विन्दुले बढे । आज चालू आर्थिक वर्षको अन्त्य र बुधबारदेखि नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले पनि शेयर बजारमा लगानीकर्ताको चासो बढेको हो ।

स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु पाँच करोड ७८ लाख ७२ हजार ५ सय ७७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तीन करोड ४४ लाख ५० हजार, नबिल बैंक दुई करोड ६ लाख ९० हजार ४ सय ८६, शिवम् सिमेन्ट एक करोड ४९ लाख ६९ हजार ९ सय ३४, नेशनल लाइफ इन्स्योरेन्स एक करोड २९ लाख ३० हजार ५ सय ४३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार नबिल इक्विटी फण्डका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्था ८ दशमलव ८२, सिटिजन म्यूचल फण्ड ८ दशमलव ३०, एनएमबी हाइब्रिड फण्ड ७ दशमलव ८५ र अरुण काबेली पावरका शेयरधनीले ६ दशमलव २१ प्रतिशतले कमाए ।

त्यस्तै आँखु खोला जलविद्युत् कम्पनी ४ दशमलव १६, रिडी हाइड्रो ३ दशमलव २२, स्वरोजगार लघुवित्त वित्तीय संस्था २ दशमलव ८६, फस्टमाइक्रो फाइनान्स डेभलपमेन्ट २ दशमलव ८४ र सानिमा माई हाइड्रोपावारका शेयरधनीले २ दशमलव ३९ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?