तीन जना प्रहरी यौनकर्मी महिलासँग रेडह्याण्ड भेटिएपछि….

काठमाडौं । एकजना प्रहरी हवल्दार यौनकर्मी महिलासँग रेडह्याण्ड पक्राउ परेका छन् । प्रहरी हवल्दार डम्बर थापासहित तीन प्रहरी यौनकर्मी महिलासहित रंगेहात पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका हवल्दार थापासहित दिउँसो प्रहरीले तीन प्रहरी बिर्तामोडस्थित देवी पञ्चकन्या होटल एण्ड लजबाट पक्राउ गरेको हो ।

बिर्तामोडका केही होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो बढेपछि प्रहरीले होटलमा अनुगमन थालेको हो । तर प्रहरीले ३ जना प्रहरीलाई नै रेडह्याण्ड पक्रेको हो ।

यसैबिच बिर्तामोडकै नयाँ बसपार्कमा सञ्चालित एंग्रीब्वाई होटलका सञ्चालक राम तामाङलाई महिलालाई जबर्जस्ती गरेको आरोपमा मंगलवार पक्राउ गरिएको छ । तामाङले यौनजन्य गतिविधिमा संलग्न हुन बाध्य पार्दै कुटपिट गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?