प्रिमियर इन्स्योरेन्सले लाभांश वितरण गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको २५औं वार्षिक साधारण सभाले ८३ दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको चुक्तापुँजीको ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ ४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?