कुलमान घिसिङको अधिकार कटौती: किन ?

काठमाडौं । कुलमान घिसिङको अधिकार कटौती भएको छ । विद्युत नियमन आयोगले नयाँ निर्देशिका जारी गरेसंगै उनको अधिकार कटौती भएको हो ।

जारी निर्देशिका अनुसार आयोगको स्वीकृतिबिना नेपाल विद्युत प्राधिकरणले उर्जा खरीद सम्झौता (पिपिए) गर्न नपाउने भएको छ।

आयोगले निर्देशिका जारी गर्दै आफ्नो स्वीकृति बेगर पिपिए गर्न प्राधिकरणलाई रोक लगाएको हो।

असार ३० गते बसेको बैठकले आयोगबाट सम्पादन हुने कार्य सम्बन्धि निर्देशिकाको मस्यौदा मंगलबार सार्वजनिक गरेको छ ।

निर्देशिका अनुसार पुरानो पिपिएलाई यथावत राखिएको छ । नयाँ हुने पिपिएमा मात्र आयोगको स्विकृती लिनुपर्ने छ । स्विकृतीको लागि विद्युत खरिदकर्ताले प्राविधिक र वित्तीय मूल्याङ्कन गरेर प्रस्तावित विद्युत खरिद बिक्रि दर सहितको सम्झौताको अन्तिम मस्यौदा आयोग समक्ष पेश गर्नुपर्ने छ।

आयोगले स्विकृती दिएपछि मात्र बिक्रीकर्ता र खरिदकर्ता बिच सम्झौतामा अन्तिम हस्ताक्षर हुने छ।

यस्तो छ निर्देशिका :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?