महोत्तरीको मुसहर बस्तीमा राहत वितरण

महोत्तरी, १५ पुस । करिब दुई सातायता अत्यधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काम्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका–७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् शीतलहरबाट बच्नका लागि काठमाडौं स्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शुक्रबार सो बस्तीमै गएर करिब रु १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा एकरात बिताएका सो बस्तीका गरिब मुसहर समुदायका दर्जनौँ घरपरिवारका सदस्य आर्थिक अभावको कारण न्यानो लुगा कपडा लगाउन पाएका थिएन भने वृद्धवृद्धा रोग पालेर बसेका थिए सो बस्तीमा बसोबास गर्दै आएका १०२ परिवारलाई शीतलहरबाट बच्नका लागि कम्बल, म्याट, ट्रयाकसुट, दन्तमन्जन, चालमजस्ता सामग्री वितरण गरिएको हो । साथै सो बस्तीमा नगदसमेत वितरण गरिएको छ तराई शीतलहरले पीडित रहेको समयमा आफूहरु पहाडबाट आएर सहयोग गर्न पाउँदा धेरै नै हर्षित भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष विजयबहादुर मालीले बताए । यता राहत सामग्री पाएपछि सो बस्तीमा अहिले खुशीयाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?