चन्द्रग्रहण लाग्दै, कुन कुन राशिलाई अशुभ

appharu
0
Shares


अब केहिबेरमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

ग्रहण ३ घन्टाभन्दा बढीको हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लाग्ने गर्छ ।

नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटबाट शुरु हुने ग्रहण बुधबार विहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुनेछ ।

यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट चन्द्रमाको आधाभन्दा भन्दा बढी भाग छोपिएको अवस्थामा देखिने छ ।

यसपटकको चन्द्रग्रहणमा कर्कट, तुला, कुम्भ तथा मीन राशी भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले ग्रहण हेर्न हुने बताइएको छ । तर, मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकालाई भने यो ग्रहण नियाल्न नहुने ज्योतिषशास्त्रीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?