जातीय विभेदविरुद्ध मैथिली भाषाको चलचित्र ‘औकात ताकत प्रेमके’ निर्माण

लहान, १५ पुस । छुवाछूत तथा जातीय विभेद एवं सामाजिक विकृतिविरुद्ध मैथिली भाषामा चलचित्र निर्माण भएको छ शम्भुनाथ सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘औकात ताकत प्रेमके’ नामक उक्त चलचित्र केही दिनभित्रै प्रदर्शनीमा आउने चलचित्र निर्माता राजकुमारी सरदारले जानकारी दिए चलचित्रको छायाँकन, रेकर्डिङ र इडिटिङको काम सकिसकेको छ, निर्माता सरदारले भने– “अबको एक साताभित्र चलचित्र प्रदर्शनीमा आउनेछ ।” मैथिली एक्सन फिल्म ‘औकात ताकत प्रेमके’ सो चलचित्रमा सामाजमा ब्याप्त रहेको जातीय भेदभाव, छुवाछूत र जमिन्दारी प्रथा तथा शोषक वर्ग र शोषित वर्गबीचको विभेदमा चलचित्र केन्द्रित रहेको निर्माता सरदारको भनाइ छ राजु राजदेव चौधरी निर्देशक रहेको सो चलचित्रमा नायकमा धनराज चौधरी र नायिकामा मोनिका दाहाल रहेका छन् । यस्तै सबुरलाल सरदार, कौशल चौधरी, विवेक विश्वकर्मा, मालिक पण्डित, डिपी शास्त्री र साबिर आलमलगायतका कलाकारले पनि अभिनय गरेका छन् छ वटा गीत समावेश गरिएको चलचित्रमा मिथिला क्षेत्रका गायक सन्नु मण्डल, भागवत मण्डल, गायिका अन्जु यादव, सोनी र मुनचुनले सुमधुर स्वर रहेको छ । यज्ञ पराजुलीको छायाँकनमा निर्माण भएको सो चलचित्रमा दर्पी सरदार (मुस्कान) ले नृत्य निर्देशन गरेका हुन् यस्तै ‘औकात ताकत प्रेमके’ प्रदर्शनीलगत्तै बढ्दो बेरोजारी र त्यसबाट सिर्जना भएको सामाजिक विकृतिमा केन्द्रित भएर दोस्रो प्रस्तुतिका रुपमा ‘सैया साँदी कतारमे मौगि मस्त भतारमे’ नामक चलचित्रको समेत छायाँकन गरिने निर्मता सरदारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?