विवाह भएको तीन दिनमै डिभोर्स, फेसबुकमा गर्भवतीको चिन्ता !

appharu
0
Shares


काठमाडौं । आज दिनभर एउटा अनौठो लाग्ने विषयले सामाजिक संजाल गर्मायो । विषय हो भ्यागुत्ता भ्यागुत्तीको डिभोर्स । यस्तो पनि हुन्छ चन्ने जस्तो लाग्ने यो विषय नेपालको मोरङ जिल्लामा भएको छ । नेपाली कागजमा पूर्ण पाठ लेखि दुई भ्यागुत्ता र भ्यागुत्तीको डिभोर्स गरिएको भनि लेखिएको छ ।


यसो रहेछ कुरो
खडेरीको मारमा परेका मोरङको रंगेलीका किसानले पानी पर्ने आशामा गत शनिबार एकजोडी भ्यागुता खोजेर विवाह गरिदिए । संयोग नै मान्नुपर्छ, त्यही रातिदेखि पानी पर्न थाल्यो । किसान र जनप्रतिनिधिसमेत भेला भई रंगेलीको सन्सारी मन्दिरमा गरिएको त्यो विवाहले निकै चर्चा पनि पायो ।
भ्यागुताको विवाहसँगै सुरु भएको वर्षा एक सातासम्म चलेपछि देश शोकमा डुब्यो । बाढीले निकै बितन्डा मच्चायो धेरैले ज्यानै गुमाए र हजारौ घरबार बिहिन भए । मोरङकै धेरै भूभाग डुबानमा परे । मानिसहरु विस्थापित भए । प्रदेश १ को राजधानी विराटनगरसमेत डुबानमा पर्यो ।
यो विपत् आईलागेपछि पुन उनीहरुले भ्यागुता जोडी खोजेर पानी पुगेको संकेत स्वरुप भ्यागुता खोजेर डिभोर्स को पेपर बनाए ।

खेतमा पाहा भ्यागुता कराउन थालेपछि पानी पर्छ भन्ने जनविश्वास पनि रही आएको हुनाले स्थानियले भ्यागुता खोजेर उनीहरुको विवाह सम्पन्न गराएका थिए ।

डिभोर्स गरिएको कागजसहितको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।


बुढीगंगा वडा नम्बर २ का प्रकाश बानियाँको रोहबरमा दुई खस्रे भ्यागुताले डिभोर्स गर्न राजीखुसी भएको पत्रमा उल्लेख छ ।

तर सामाजिक सञ्जालमा विभिन्न ग्रुप तथा समुहले भ्यागुत्ता भ्यागुत्ती गर्भवती भइसकेको र उनको उद्धार कसले गर्ने भन्दै व्यङ्ग्य भइरहेको छ ।

सबै तस्वीर सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?