शेयर बजार: नेप्से पाँच अङ्कले बढ्यो

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ०८ बिन्दुले बढेर एक हजार २ सय ५४ दशमलव ५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ७१ बिन्दुले बढेर २ सय ७० दशमलव २८ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि भएन । कूल १ सय ७० कम्पनीको २९ लाख ७३ हजार ८ सय ४३ कित्ता शेयर ४३ करोड पाँच लाख २५ हजार ८ सय ४३ मूल्यमा खरीद–बिक्री भए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका ११ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ २ दशमलव ७६, होटल २४ दशमलव २५, विकास बैंक ३ दशमलव ७, जलविद्युत् १४ दशमलव ८३, वित्त २ दशमलव ९५, निर्जीवन बीमा १५ दशमलव ६५, उत्पादन ३ सय २६ दशमलव ६९, अन्य ३ दशमलव २६, लघुवित्त ४ दशमलव ७१, जीवन बीमा २० दशमलव ५५ र सामूहिक लगानी कोष ० दशमलव १३ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको पाँच करोड २१ लाख ९१ हजार ९ सय ४५ बराबरको कारोवार भयो । यस्तै शिवम् सिमेन्ट तीन करोड ५९ लाख छ हजार ६ सय २५, नेपाल लाइफ इन्सुरेन्स कम्पनी दुई करोड ५४ लाख २८ हजार ४ सय १८, नबिल बैंक दुई करोड ४८ लाख ४४ हजार ८ सय ३, नेपाल लाइफ इन्सुरेन्स कम्पनी दुई करोड ३३ लाख ९२ हजार ७ सय २४ र एनआइसिएशिया बैंक दुई करोड छ लाख २५ हजार ७ सय ८५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै एनआइसि एसिया ग्रोथ फण्ड ४ दशमलव ८१, रैराङ हाइड्रोपावर ४ दशमलव ६३, रिलायन्स फाइनान्स ४ दशमलव १३, एनआइबिएल प्रगति फण्ड ४, गुराँस लघुवित्त वित्तीय संस्थाले शेयरधनीले ३ दशमलव ९० प्रतिशतले कमाए ।

त्यस्तै नबिल बैंक ३ दशमलव १५, मल्टिपर्पोज फाइनान्स कम्पनी २ दशमलव ४५, घलेम्दी हाइड्रोपावर २ दशमलव २९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २, सिर्जना फाइनान्स १ दशमलव ९१ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?