एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता

काठमाडाैं । एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता भएको छ।

बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने गरि सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकका डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?