१० जेष्ठ २०७९, मंगलवार

मेलम्ची खानेपानी सुरुङको ‘ब्रेक थ्रु’

२०७४,पुष,१५,शनिवार ०५:५४

0
Shares

चौतारा, १५ पुस । बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थ्रु) सम्पन्न भएको छ ।

सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थु्र) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ ।

एसियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार ०५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- जब दशैँ नजिकिन्छ अनि नेपाली आकाशमा चंगा उड्न थाल्छ । जब चंगा उडेको दृश्य देखिन्छ तब दशैँको आभास हुन्छ

काठमाडौंको चक्रपथबाट करिब आधा घण्टाको दूरीमा रहेको गाउँ हो, खोकना । ललितपुर वडा नम्बर २१ मा पर्ने यो गाउँ कला,

घिनघिन मादल बजाइदेऊ झ्याउरे  राम्री राम्री तरुनीलाई फकाइदेऊ रे ।। काठमाडौंको रविभवनस्थित आमाघरमा बस्दै आएकी सिन्धुपाल्चोककी कान्छी कार्कीले यो गीत

हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड दशैँमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गर्ने गरिन्छ । मनोइच्छा पूरा हुने आस्थाका साथ दशैँ अवधिभरि नै

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३