फिल्मी शैलीमा प्रहरीले पक्रियो सुन लुट्ने तीन योजनाकारलाई

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । प्रहरीले काठमाडौंको मित्र नगरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ नयाँ बसपार्कमा रहेको नेपाली तारा होटेलबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ चौघडाका २९ वर्षीय प्रितम राई, ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भई काठमाडौँ टोखा बस्ने ३६ वर्षीय सविन भन्ने सचिन खवास रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल एक थान र पेस्तोलमा लाग्ने गोली ५ राउन्ड साथै बा.६७ प २६६६ र बा.९९ प. १३०३ नम्बरको दुई थान मोटरसाइकल समेत बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?