पहिलो गीत ‘आँगनै भरि’ रिलिज गर्दै नेपथ्य (भिडियो सहित)

काठमाडौं, १५ पुस । स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले म्यूजिक भिडियो रिलिज गर्ने क्रममा अबको ताजा सिर्जना चाहिँ ब्याण्डकै पहिलो गीत छनौट गरेको छ । ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ ले समूहको सबैभन्दा पुरानो सम्झनालाई भिडियोको नयाँ आवरणमा प्रस्तुत गर्ने छ नेपथ्यको सांगीतिकजीवनमा सबैभन्दापहिले रेकर्ड भएको मात्रहोइन, उसको पहिलो एल्बमकै पहिलो गीतका रुपमा समेत प्रस्तुतभएको हिसाबले यसलाई ब्याण्डकै पहिलो आधिकारिक गीतमानिँदै आएको छ । उत्त mएल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो । त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ नब्बेको दसकको प्रारम्भमा पोखराका तीन जना तन्नेरीहरुको प्रयासबाट नेपथ्य ब्याण्डको जग हालिएको थियो । उनीहरु थिए दिपक जङ राणा, भीम पुन र अमृत गुरुङ । त्यसपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङले यो टोलीसँग सहकार्य अघि बढाए । त्यो प्रयासकै प्रतिफलमा नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो ‘नब्बेको दसक प्रारम्भमा यस गीतका शब्दहरु केलाउँदै मैले र दिपकले संगीत भर्ने कोशिस गर्दाका क्षण म अहिले पनि सम्झन्छ ।’, नेपथ्यकाअगुवा एवं मुख्य गायक अमृत भन्छन्, ‘पछि रेकर्ड हुँदा यसमा स्वर चाहिँ रविनले दिएका थिए ।’नेपाली संगीतमा संलग्नभएर नेपथ्यले २५ वटा स्वर्णीम वर्षहरु बिताइसकेको छ । त्यस क्रममा ब्याण्डले २१ जना संगीतकर्मीहरु उसका सदस्यका रुपमा भित्र्याउने र विदा गर्ने काम पनि गरिसकेको छ. । उनीहरु सबैको योगदानको प्रतिफल नै आजको नेपथ्यहो ‘यो म्यूजिक भिडियो २५ वर्ष लामो यात्रामा ब्याण्डलाई योगदान दिने तमाम सदस्यहरु प्रति आभार प्रकट गर्ने माध्यम पनि बनेको छ,’ नेपथ्यलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भिडियोमा उनीहरु सबैलाई सम्झने कोशिस गरिएको छु ।’यो भिडियो नेपथ्यको वर्तमान टोलीले प्रस्तुत गर्दाको प्रत्यक्ष रेकर्डमा आधारित छ । बुटवलमा २०७३ फागुन १४ मानेपथ्यको कन्सर्टका बेलागाइएको आवाज नै यसमा प्रयोग गरिएको हो । त्यसै गरि दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाका क्षणबाट लिइएको हो ‘पहिलो एल्बमका निम्तिखि चिएका तस्विरहरु हेर्दा म यो गीत रिलिज गर्ने क्षणहरु सम्झन पुग्छ’ जसले मलाई यो उमेरसम्मको लामो यात्रामा आइपुग्दाका प्रारम्भिक दिनहरुको सम्झना गराउँछ,’ अमृत भन्छन्, ‘त्यतिबेला २५वर्षे ठिटो अहिले पचास पुग्नै लागेको छ ।’ उमेरसँगै कपाल खरानी रंगमा परिणत हुँदै गएका छन् । यसरी सबै थोक फेरिँदा पनि हामीलाई मनपराइ दिने श्रोता दर्शकहरु चाहिँ सदैव उस्तै गरि जहाँको त्यही रहि रहेको, अझ वृद्धि हुँदै गइरहेको देख्दा एक किसिमको अनुगृहित हुन पुगिँदो रहेछ । उहाँहरुको साथ र सहयोग नभइदिएको भए हामीले यति लामो यात्रा तय गर्नै सक्दैन थियौं ।’नेपथ्यले रजतवर्ष मनाउन सुरु गरेदेखि नै आफ्ना हरेक कन्सर्टहरु मान बिराइकन यो गीतलाई प्रस्तुत गर्दै आइरहेको छ । त्यसैगरि ब्याण्डले जसै यो गीतगाउन सुरु गर्छ त्यसै क्षण एउटा ठट्टा पनि गरिदिन्छ ‘२५ वर्ष बुढो गीत पो हो यो,’ गायक अमृतले भनिदिन्छन्, ‘यो कन्सर्टमा उपस्थितहुनु भएका धेरैलाई हेर्दा तपाइहरु त यो गीतआएको बेलामा जन्मिनु पनि भएको थिएन ।’अमृतले यसो भनेपछि उपस्थित श्रोतादर्शकहरु माझहाँसो फैलिनुका साथै आफ्नो प्रियगीत सुन्नका निम्ति तालीबज्न थालिहाल्छ यो गीत जसरी नयाँ श्रोताहरुको निम्ति नयाँ गीत हो, त्यसैगरि अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम । कन्सर्टहरुमा चालिस आसपासका श्रोता, मुख्यतः महिला श्रोताहरु प्रायःगायकसँगै साथमा साथ मिलाएर गाइरहेका देखिन्छन् ‘नेपथ्यको २५ वर्षे लामो यात्रामा साथ र सहयोग दिने सबै प्रतिभाशाली सहकर्मी र साथीहरुलाई म फेरि पनिधन्यवाद दिन चाहन्छ ।’, अमृत भन्छन्, ‘हामीलाई सदैब साथ र हौसला दिँदै आउनु भएका तमाम श्रोताहरु प्रति पनि आभारी छौं ।’श्रोता दर्शकका शुभकामना र ब्याण्डका वर्तमान सदस्यहरुको प्रतिवद्धताले नेपथ्यलाई नेपाली संगीतको फाँटमा उत्तिकै लगन शिलताका साथ अघि बढ्न उर्जा मिलिरहेको अमृत बताउँछन् नेपथ्यमा यति बेला अमृतलाई ड्रमसेटमा ध्रुवलामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन् भर्खरै रिलिज गरिएको म्यूजिक भिडियो ‘आँगनै भरि’ नेपथ्यको आधिकारिकhttps://youtu.be/COKuAy0sMVQ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?