न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप च्याम्पियन

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले हात पारेको छ ।

लण्डनमा आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि हात पारेको हो ।

तस्वीर: गुगल

योसँगै इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । न्युजिल्याण्ड भने फाइनलमा पराजित भएको छ ।

लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १५ रन बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको हो ।

इंग्ल्याण्डले २४ बाउन्ड्री प्रहार गरेको थियो भने न्युजिल्याण्डले १६ बाउन्ड्री प्रहार गरेको थियो ।

सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए ।

न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले समान ३र३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।

न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।

यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९-१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे ।

इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३-३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?