कुवेतमा आगलागीमा परि ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा आगलागीमा परि तीन जना नेपालीको मृत्यु भएको छ ।

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा सर्लाहीका विजय बैठासहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुलेको छैन ।

आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइएपनि अन्य नेपाली हुन्÷होइनन् भनेर पुष्टि हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?