न्युजिल्याण्ड र ईङ्ल्याण्ड भिड्दै, उपाधि कसको पोल्टामा ?

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनलमा आज आईतबार न्युजिल्याण्ड र ईङ्ल्याण्ड भिड्दै छन् ।

खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे लण्डनको लड्समा सुरु हुनेछ । भारतलाई हराउँदै फाईनलमा पुगेको न्युजिल्याण्ड उपाधि चुम्न चाहान्छ । उता घरेलु टोली ईङ्ल्याण्ड पनि निकै बलियो देखिन्छ ।

फाईनल खेल्दै गर्दा घरेलु टोलीमै धेरै दबाब हुनेछ । विगतको प्रर्दशनले समेत न्युजिल्याण्डलाई बलियो अवस्थामा देखिन्छ् ।

न्युजिल्याण्डले फाईनलसम्मको यात्रा तय गरेपनि ओपनिङ जोडीले खासै ठुलो योगदान गरेको देखिदैन । कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन् । सोही कारण निर्णायक खेलमा दुवै खेलाडीले रन बनाउन आवश्यक देखिन्छ ।

यस्तो अवस्थमा केन विलियम्स र रास टेलरमा कम दबाब पर्नेछ । बलिङ र फिल्डिङमा न्युजिल्याण्डलाई कुनै समस्या छैन । फाईनल खेलमा मिसेल सेन्टनरको बलिङको समेत परिक्षा हुनेछ ।

यता सेमिफाईनलको खेलमा ईङ्ल्याण्डले अष्ट्रेलियालाई हराएको थियो । जासन रोय चोटको बाबजुत टिममा शानदार कमब्याक गर्न सफल रहे ।
सेमिफाईनलमा गरेको प्रर्दशनले रोयको गज्जब फर्म समेत चित्रित हुन्छ ।

माथिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दा ईङ्ल्याण्डको तल्लो क्रमको परिक्षण हुन पाएको छैन । तर इयान मोर्गन नेतृत्वको टिमलाई पहिलो पटक विश्वकपको उपाधि उचाल्ने अवसर भने प्राप्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?