सांसद नपाएको झोंकमा माओवादी केन्द्रका नेता झक्कु र शाक्यलाई झापट

काठमाडौं, १५ पुस । प्रदेश सांसद चयनको विषयलाई लिएर भएको विवादमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा नै नेताहरुबीच हात हालाहाल भएको छ शुक्रबार प्रदेशसभाको सांसद नबनाएको भन्दै सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुलीले माओवादी केन्द्र ३ नम्बर प्रदेशका इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि थप्पड हानेका हुन् शाक्य र सुवेदी केन्द्रीय कार्यालयको छतमा घाम तापेर बसिरहेका बेला पराजुली आइपुगेका थिए । ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती सीता अधिकारीलाई सांसद बनाएकोमा पराजुली आक्रोशित बनेका थिए यस्तै उनले मोटो रकम लिएर दोलखाका आङटेन्डी शेर्पालाई सांसद बनाएको भन्दै विरोध गरेका थिए पराजुलीले कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, सहिद परिवारलगायतलाई हटाएकोमा विरोध गरेको र शाक्य र सुवेदीले तपाईले भनेर नहुने भन्ने जवाफ दिएपछि थप्पड हानेको बताइएको छ सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए । तर उनी समानुपातिक सांसदको सूचीमा अटाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?