१२ जेष्ठ २०७९, बिहीवार

निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह

२०७४,पुष,१५,शनिवार ०४:५८

0
Shares

काठमाडौँ, १५ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् भिएस निकेतन युथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछि मात्र सत्ता हस्तान्तरण हुने बताउँदै भने, “वाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाइरहेका छन्, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ ।”नेता सिंहले राष्ट्रपतिबाट शुक्रबार जारी भएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशले राष्ट्रियसभामा सबै समुदायको प्रतिनिधित्व हुने उल्लेख गर्नुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार ०४:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन् । साथै

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२