गैरकानुनी कर्जा प्रवाह र ठगी आरोपमा १३,२७५ वर्ष जेल !

बैंकक, १५ पुस । कुनै पनि अपराधमा मानिसलाई कति वर्ष जेल सजाय होला ? हाम्रो सामान्य अनुमान जन्मकैदसम्मको वा २० वर्षसम्मको जेल सजाय हुन सक्छ । तर थाइल्याण्डमा एक व्यक्तिलाई त्यहाँको अदालतले ठगी गरेको आरोपमा १३ हजार २ सय ७५ वर्ष जेल सजाय सुनाएको छ ३४ वर्षीय पुडित कितिथार्दिलोकलाई पोन्जी नामक योजना सञ्चालन गरेर लगानीकर्तालाई उच्च प्रतिफल दिने आश्वासन दिएर ठगी गरेको आरोपमा उनलाई सो सजाय सुनाएको हो सो कम्पनीका लागि उनले करिब ४० हजार मानिसहरुबाट १६ करोड डलरभन्दा बढी रकम संकलन गरेका थिए । अदालतले उनी गैरकानूनी रुपमा कर्जा प्रवाह र २ हजार ६ सय ५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको ठहर गरेको हो उनले सो ठगीको घटनामा गल्ती गरेको स्वीकार गरेका छन् । गल्ती स्विकार गरेकाले उनलाई सुनाएको सजाय आधाले घटेर ६ हजार ६ सय ३७ वर्ष ६ महिना भएको छ थाल्याण्डको कानुनअनुसार उनी दोषी ठहर भएका दुईवटा अपराधमा १०/१० वर्ष जेल सजायको व्यवस्था रहेको छ । अदालतले उनका दुईवटा कम्पनीमा प्रत्येकसँग २०/२० करोड डलर बराबरको सम्पत्ति रहेको जनाएको छ अदालतले पहिचान गरिएका २ हजार ६ सय ५३ जना पीडितलाई साढे ७ प्रतिशत ब्याजसहित करिब १७ करोड डलर फिर्ता दिन पुडितलाई आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?