१२ आश्विन २०८०, शुक्रवार

स्थानीय तह शासन विधेयक समितिबाट पारित, जनप्रतिनिधिलाई सहज

२०७४,भाद्र,२६,सोमवार ०५:५४

0
Shares

काठमाडौँ, २६ भदौ – पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम सुरु गरेको तीन महिनापछि स्थानीय शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को विकास समितिले पारित गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आउनुपहिले नै विधेयक पारित गर्नुपर्ने भए पनि सरकारले गत जेठमा मात्र विधेयक संसद्मा दर्ता गरेको थियो । विकास समितिले आइतबार विधेयक पारित गरेको हो ।

समितिले पारित गरेको विधेयक संसद्को असोज ३ गतेको बैठकमा पेस हुनेछ । समितिमा स्थानीय तह महासङ्घ राख्ने वा नराख्ने विषयबाहेक विधेयकका अन्य व्यवस्था र संशोधनमा सहमति जुटेको थियो । महासङ्घ गठनबारे भने मतदान भएको थियो । समितिबाट पारित विधेयकको प्रतिवेदनसहित अब संसद्मा पुनः सैद्धान्तिक र आनुसाङ्गिक छलफल हुनेछ । उक्त छलफलपछि विधेयक संसद्बाट पारित हुनेछ, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएसँगै काठमाडौं

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५