आज गुरुङ समुदायको तमुल्होसार, राष्ट्रपतिले दिइन् शुभकामना

काठमाडौं, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई विदा गर्दै आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन् नयाँ वर्षको रुपमा गुरुङ समुदायले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सांस्कृतीक कार्यक्रम गरी ल्होसार पर्व मनाउने चलन छ ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ राष्ट्रपति विद्यादेवि भण्डारीले तमु ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपाली गुरुङ समूदायमा सुख,शान्ति र हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?