एनआईसी एशियाले एकै वर्षमा तीनवटा ऋणपत्र निष्कासनको अनुमति पायो

काठमाडौं। एनआईसी एशियाले चालु आर्थिक वर्षमा तीन वटा ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई १० अर्ब २३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।

बैंकले दुई वटा ऋणपत्र निष्कासन गरिसकेको छ। शुक्रबार १०.२५ प्रतिशत व्याजदरको चार अर्ब ४० करोड रुपैयाँको ’१०.२५ प्रतिशत एनआईसी एशिया बैंक डिवेन्चर २०८३/८४’ निष्कासन गर्ने अनुमति पाएको हो।

बोर्डबाट अनुमति पाएसँगै बैंकले ४० प्रतिशत ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

बैंकले गत भदौमा एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो। यससँगै पुसमा १० प्रतिशत व्याजदरमा चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?