राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला पुस २७देखि

पोखरा, १५ पुस । सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा हुने सो मेला सम्पन्न गर्न संघका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल समिति र २७ उपसमिति गठन गरिएको छ मेलामा हस्तकला, कृषि, पुष्प, गाडी, सूचना तथा प्रविधि, सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि, दैनिक उपभोग्य वस्तु, घरायसी र शृङ्गारका सरसामान तथा लत्ताकपडाको बिक्री वितरण गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पलिखेले जानकारी दिनुभयो । ‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना हुने मेलाबाट बचत भएको रकमले प्रदर्शनी केन्द्रमा थप एउटा अत्याधुनिक गुम्बज बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?