१० जेष्ठ २०७९, मंगलवार

कवि तथा अनुवादक युयुत्सुका कवितामा छयालीस साल

२०७४,पुष,१५,शनिवार ०४:०८

0
Shares

काठमाडौं, १५ पुस । कवि तथा अनुवादक युयुत्सु शर्माद्वारा लिखित ‘सम फेमेल यती’ (केही पोथी यती) शीर्षक कवितासङ्ग्रहको नयाँ संस्करण प्रकाशनमा आएको छ निराला प्रकाशन नयाँदिल्लीले यसअघि विसं २०५१ मा प्रकाशनमा ल्याएको सो सङ्ग्रहमा नेपालको छयालिस सालको आन्दोलन, गोपालप्रसाद रिमाल, प्रजातन्त्र, बुद्ध, शिवरात्रि, तिहार, काठमाडौँ, पशुपतिनाथ, स्वयम्भू आदि शीर्षक र विषयवस्तुका २१ कविता छन् । ‘पहाडको अर्थ’ र ‘अग्निउत्सव’ शीर्षकमा विभाजित ती कवितामा व्यक्तिगत र सार्वजनिक विषयबाट मानवीय सङ्घर्ष र मानवीय पीडाबारे अभिव्यक्ति दिइएको छ आफ्ना प्रिय कवि रिमालबारे उहाँ यसरी पोखिनुहुन्छः म अभिवादन गर्छु कवि तिमीलाई, देशका भकभके राष्ट्रपिताहरूप्रतिको तिम्रो अनाकर्षणलाई जसले तिमीलाई भयावह अजिङ्गरै अजिङ्गरहरूको धमिरा लागेको राजधानीका अन्धा गल्लीहरूमा लँगडो र पागल अवस्थामा एक्लै छाडे ––– म तिम्रो पुनर्आगमनलाई सलाम गर्छु –कवि ! इतिहासको दुर्गन्धित रछ्यानबाट उठेर घोषणा गर्ने तिमीलाई— एक जुगमा एक दिन एकचोटि आउँछ । सङ्ग्रहले कोही मारिएका, कोही बलात्कृत भएका र मानवअधिकारको घोर उल्लङ्घन भएको छयालीस सालको आन्दोलन र त्यसपछिको विकृतिलाई फेरि सम्झाउँछ । विम्ब र प्रतीकका माध्यमबाट थोरै शब्दमा अभिव्यक्त उनका कविताको क्लिष्टताले पाठकलाई कविता दोहो¥याएर पढ्न भने बाध्यता गराउँछ । यसअघि विशेषतः नेपाल र यहाँको हिमाली संस्कृति तथा गोरखा भूकम्प आदिबारे लेखिएका उनका नौ कवितासङ्ग्रह र केही अनुवाद प्रकाशन भइसकेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार ०४:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएकाे

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३