१३ असार २०७९, सोमवार

यी हुन् युवतीलाई ‘टच’ गर्न मरिहत्ते गर्नेहरु, प्रहरीले समातेपछि खुल्यो पोल

२०७४,भाद्र,२६,सोमवार ०५:५३

0
Shares

काठमाडौँ, २६ भदौ काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनमा सबैभन्दा बढी किशोरीमाथि यौनजन्य दुव्र्यहार हुने गरेको पाइएको छ । यस्तो घटना बिहानभन्दा साँझको समयमा बढी हुने गरेको छ ।

बस, मिनीबस, माइक्रोबस र टेम्पोमा सवार महिलामाथि हुने यौनजन्य दुव्र्यवहार र हिंसा नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले गत साउन १८ गतेदेखि ‘सेफ्टी–पिन’ अभियान सञ्चालन गरेको थियो, गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।

उक्त अभियान सञ्चालन भएको एक महिना अवधिमा ७० जना पक्राउ परेका छन् । यौनजन्य दुव्र्यवहारमा संलग्न ३७, अश्लील क्रियाकलाप देखाउने १०, अपशब्द प्रयोग गरी गालीगलौज गर्ने १०, पकेटमार आठ र अन्य पाँच पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी यौनजन्य दुव्र्यवहार नेपाल यातायातका बसमा हुने गरेको पाइएको छ । प्रहरी निरीक्षक शर्मिला गुरुङले सो सम्बन्धमा नेपाल यातायात बस व्यवसायी, चालक र सहचालकसँग छलफल गरिएको जानकारी दिइन् ।

सवारी साधनमा महिलामाथि यौनजन्य दुव्र्यवहार गर्ने पुरुषको उमेर १५ देखि २५ वर्षसम्म रहेको पाइएको छ । त्यस्तो गर्नेहरूमा केही पाका उमेरका व्यक्ति भेटिए पनि अधिकांश युवक छन् । उनीहरूको शैक्षिक योग्यता पनि कक्षा १० भन्दा कम हुने गरेको प्रहरीको निचोड छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०५:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट
 २०७९,असार,१३,सोमवार १२:०२
आफ्नै घर बिर्सिन्छिन् दीपिका
 २०७९,असार,१३,सोमवार ११:२९