स्ट्रारकोवालाई पराजित गर्दै सेरेना विम्बल्डन टेनिसको फाईनलमा

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेकी छिन् ।

बिहिबार राति भएको सेमिफाईनलको खेलमा बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना कीर्तिमानी २४ औ ग्राण्डस्लामको उपाधि नजिक पुगेकी छिन् ।

उनले फाईनल खेलमा सिमोना हालेपसंग प्रतिस्पर्धा गर्नेछिन् । युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिईन् ।

अमेरिकी खेलाडी सेरेनाले सहज जित निकाल्ने क्रममा चेक खेलाडीलाई ६–१ र ६–२ को सेटमा पराजित गरिन् ।

३७ बर्षकी विलियम्सले युवा उमेरकी सेरेनालाई उछिन्ने प्रयास गरिन् । जसले उनलाई सबै भन्दा पुराना ग्राण्डस्लाम महिला एकलको फाईनलमा पु-याएको छ ।

उनले जितका लागि मात्र ५९ मिनेटको समय लगाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?