पक्राउ परेका विद्यार्थी नेता–कार्यकर्ता भेट्न पुगे नेता केसी

appharu
0
Shares

काठमाडौं– सरकारको विरोधमा राँके जुलुस निकाल्ने क्रममा राजधानीको बालाजुबाट पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई भेट्न काँग्रेस नेता अर्जुन नरसिंह केसी महानगरीय प्रहरी वृत्त बालाजु पुगेका छन् ।
यस्तै काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, कामनपा वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल, नेविसंघ निवर्तमान महामन्त्री कुन्दन काफ्ले लगायत पनि वृत्त पुगेका थिए ।

बिहीबार साँझ निकालिएको मसाल जुलुस बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गर्दा निवर्तमान केस सुशील भट्ट, बिद्यार्थी नेताहरु निरन्जन थापा,पवन थापा ,सुबास घिमिरे, सुदिप अधिकारी,बिजय ढुङ्गना,मनोज राना,सौरब घिमिरे,सन्देश पन्त,सुशील ढकाल,प्रदिप जङ साह,अमृत लामिछाने,उत्सब अवस्थी,अनिल महर्जन पक्राउ परेका हुन् ।
यसैबीच नेविसंघका निवर्तमान महामन्त्री काफुलेले एक विज्ञप्ति जारी गर्दै उनीहरुको रिहाइको माग गरेका छन् । नेविसंघले बिना जाँच सरकारले भारतबाट तरकारी तथा फलफूल ल्याउन दिने निर्णय गरेको भन्दै विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?