प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्रीमन्त्रीबीच प्रतिस्पर्धा !


लोकपथ
प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १६:१९

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्रीमन्त्रीबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै विगतमा जिल्ला विकास समितिमा असारमा बजेट विनियोजन र खर्च गर्ने प्रवृत्तिलाई प्रदेश नं २ को सरकारले पुनरावृत्ति गरेको बताए ।

केन्द्रीय सदस्य यादवले उपभोक्ता समितिमार्फत सरकारले पार्टीका कार्यकर्ता, छोरा र नातागोतालाई कमाउने अवसर प्रदान गरेको आरोप लगाउँदै जेठ ३१ गतेसम्म पाँच अर्ब ७३ करोड ५८ हजार अर्थात् कूल बजेटको ११ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले असार महिनाको २३ दिनमा चार अर्ब ३१ करोड ३२ लाख ३८ हजार ४९१ अर्थात् कूल बजेटको २४ दशमलव ६९ प्रतिशत बजेट खर्च गरी भ्रष्टाचार गरेको तथ्य प्रस्तुत गरे ।

एक प्रश्नको जवाफमा उनले २३ दिनमा अनियमित ढङ्गले बजेट खर्च गर्नेमा नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य छन् भने त्यसको पनि छानविन हुनुपर्दछ भने । केन्द्रीय सदस्य यादवले प्रदेश नं २ मा जनताको सरकार नभई ठेकेदारको सरकार भएको अवस्था रहेको टिप्पणी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध आन्दोलनमा जुटे साना राजनीतिक दलहरु

काठमाडौं | मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्छौं: मन्त्री पोखरेल

काठमाडौं | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार

नेविसंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्ने समूहले निजी शैक्षिक संस्थाहरुले

कैलाली बम बिस्फोटबारे विप्लव समुहको यस्तो प्रतिक्रिया (हेर्नुहोस् विज्ञप्तिसहित)

काठमाडौं । बिहीबार साँझ कैलालीको धनगढीस्थित शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटमा विप्लव