छविले शिल्पासँग माफी मागे, कानको जाली फुट्ने गरी पिटेकै हुन् त ?

काठमाडौं । निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेलसंग माफी मागेका छन् । शिल्पाले यसअघि आफु श्रीमान्बाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि शिल्पा र छविबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार शिल्पाको सुरक्षामा आँच नपुर्याउने गरी छविले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा छविले शिल्पासँग माफी पनि मागेका थिए ।

पाखरेलले छविसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ ।

छविले शिल्पालाई कानको जाली फुट्ने गरि झापड हानेको भनि संचारमाध्यममा समाचार आए पनि यो कुरा झुटो भएको छविले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?