भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको मृत्यु

काठमाडौं । भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए

मंगलबार राति २ बजे भवन भासिँदा बझाङको थलारा गाउँपालिका–२ बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको ज्यान गएको छ।

भवन भासिएपछि उनीहरुको १२ घण्टापछि शव निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?