प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

काठमाडौँ, १५ पुस- प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् प्रमुख आयुक्त डा यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो प्रमुख आयुक्त डा यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन् । आजको नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?