असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई फलिफाप ? जान्नुहोस्

काठमाडौ । असार ३१ गते अर्थात जुलाई १६ तारिखका दिन आकाशमा एक अद्भुत खगोलिय देखिने भएको छ । आषाढ शुक्ल पक्ष गुरु पूर्णीमाका दिन अति दुर्लभ खगोलिय खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ ।
यो चन्द्र ग्रहण एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका को पूर्वी भागबाट देखिनेछ । उत्तर अमेरिकाको उत्तर र पश्चिम भाग र ग्रिनल्याण्डबाट देखिने छैन।

करिब ३ घण्टा लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिए । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिनेछ ।

हिन्दु धर्ममा आस्थावानहरुकालागि असार ३१ गते मंगलबार दिउँसो ४ बजेर ४६ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेकले भोजन नगर्नु उत्तम हुनेछ ।

यो चन्द्र ग्रहण उत्तरषाढा नक्षत्र, वैधृती योग, विशिष्ट करण तथा धनु र मकर राशिमा चन्द्रमाको गोचर हुँदा लाग्नेछ । यो ग्रहण धनु राशिमा रहँदा केतु र शनिसँग युती सम्बन्ध हुनेछ ।

मिथुन राशिबाट सुर्य, राहु र शुक्रको दृष्टि रहनेछ । राहु र केतुबाट अन्य ग्रहहरु समेत पिडित बन्ने हुनाले ज्योतिषीय दृष्टिकोण बाट यो चन्द्र ग्रहण खराब मान्न सकिन्छ । यसबाट विषेश गरि अतिवृष्टि, अनावृष्टि एवं प्राकृतिक विपत्तिको अवस्था आउन सक्नेछ ।

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव शासन पद्धती मा पर्ने देखिन्छ । मन्त्री लगायत सरकारी अधिकारी हरुको कार्यमा विचलन आउनाले जनगुनासो बढ्न सक्नेछ ।

उनिहरुको जिम्मेवारी समेत हेरफेर हुन सक्नेछ । चन्द्रग्रहण को युती मंगल बुधबाट षडाष्टक योग बन्छ । यसले जलवायु परिवर्तनमा विषेश असर पार्न सक्नेछ । राजनितिक रुपमा हेर्दा नेताहरुविच मनमुटाव बढ्न सक्नेछ भने निर्णय प्रक्रियामा ढिलाई हुनेछ ।
धनु राशि र मकर राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्तिहरुलाई बढि कष्ट हुन सक्नेछ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?